भण्डारी सेवा समाज नेपाल,रघुवंशी कौशिक गोत्रीयको केन्द्रिय सम्पर्क कार्यलयको भव्य उद्घाटन

२७ श्रावन-काठमाडौँ, भण्डारी सेवा समाज नेपाल,रघुवंशी कौशिक गोत्रीयको केन्द्रिय सम्पर्क कार्यलयको भव्य उद्घाटन भएको छ । गत साउन २५ गते धुम्वाराहिस्थित लर्डपार्टि भेन्युसँगै रहेको स्थानमा भण्डारी सेवा समाज नेपाल,रघुवंशी कौशिक गोत्रीयको केन्द्रिय कार्यलयको उद्घाटन गरिएको हो ।

नागपञ्चमीका दिन शुभ साइत पारेर ब्राम्हणद्धारा पुजा अर्चना साथै मन्त्रोच्चारण गरिएको थियो ।

संस्थाका प्रमुख संरक्षक जीवन कुमार भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि भण्डारीले अस्थाई भएपनी कार्यलय स्थापना गरेका छौं अस्थाईवाट नै स्थाई हुने हो भन्दै उनले खुसी व्यक्त गरे ।

संस्थाका कोषाध्यक्ष रामहरी भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका महासचिव राधाकृष्ण भण्डारीले गरेका थिए । समारोहमा कार्यक्रमका विशेष अतिथि ,संरक्षक तथा निवर्तमान अध्यक्ष केशर वहादुर भण्डारीले जसले कुल फुटाउँछ उसलाई कुलले पिर्छ, राम्रो गर्देन भन्दै उनले देशभरीका भण्डारी दाजुभाईहरु जोड्ने कार्य भैरहेको र वंशावलीको किताव निकालिएको तथा निकट भविष्यमै हाम्रो कुल घर मूल घर र कार्यलय एकै ठाउँमा हुने गरी पहल गरिरहेको वताएका छन ।

यसैगरी कार्यक्रमका अतिथि तथा संस्थाका वरिष्ठ उपाध्यक्ष राम कुमार भण्डारीले कुलघर मूलघर सबै समेट्ने भन्दै संस्था स्थापना गर्दा उदेश्य, लक्ष्य राखेर प्रस्तावना गर्दा पनी केहि अग्रजहरुले कुल फुटाएर अघि वढ्दा कुलले सराप्ने वताएका छन ।

यसैगरी कार्यक्रमका अतिथि तथा संस्थाका उपाध्यक्ष मसिना भण्डारीले केन्द्रिय तहदेखि प्रदेश स्तरीय,जिल्ला स्तरीय तथा नगरस्तरीय समाजलाई कसरी शसक्त वनाउने भनेर अगाडि वढ्नुपर्नेमा जोड दिईन ।

सल्लाहकार तथा पुर्व एआईजी बम वहादुर भण्डारीले हाम्रो रगतमा गौरवान्वित इतिहास रहेको उल्लेख गर्दै संसारको उत्कृष्ठ प्रणाली मध्ये पनी ,रघुवंशी भण्डारीहरु उत्कृष्ठ मानवजाती भएको वताएका थिए उनले आफ्ना छोरा नातीलाई पनी आफ्नो धर्म, आफ्नो कुललाई मर्न दिनु हुन्न भनेर प्रशिक्षित गर्नुपर्ने वताएका थिए ।

यसैगरी कार्यक्रमका सभापती तथा संस्थाका अध्यक्ष वीर वहादुर भण्डारीले ७७ जिल्लामा संगठन पु¥याएर वंशावली तयार गर्ने, केन्द्रिय मूल मन्दिरमा कौशिक आश्रम सञ्चालन गर्ने र वन्धुहरुका कमजोर आर्थिक अवस्था भएमा ,स्वास्थ्य सम्वन्धि समस्या भएका वन्धुरुमा भण्डारी सेवा समाज मार्फत मध्यस्तकर्ता गर्ने , शिक्षामा जेहेन्दार विद्यार्थी तर आर्थिक समस्या भएकालाई सहयोग गर्ने र अन्य सामाजिक कार्य गर्ने सोच र अवधारणा भएको वताएका थिए । यो संस्था हामी सबैको भएका कारण सबैजना एकजुट भएर लाग्न आग्रह पनी गरे ।

वि.सं.२०६५ सालमा स्थापना भएको यस समाजको समारोहमा नेपाल सरकारका पुर्व सचिव संस्थाका वरिष्ठ सल्लाहकार क्षेत्र वहादुर भण्डारी, सल्लाहकार डाक्टर खकिन्द्र भण्डारी , केन्द्रिय समितिका पदाधिकारीहरु, वागमती प्रदेशका पदाधिकारीहरु लगायत अन्य भण्डारी वन्धुहरुको वाक्लो उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्