२५ श्रावन- कैलाली, धनगढी उपमहानगरपालिका-१८ फुलबारी बस्ने ३१ वर्षीय हर्कबहादुर गिरीलाई बिहीबार सुन र चाँदीका गरगहना चोरी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । चोरी मुद्दामा पाँच वर्ष कैद भुक्तान गरि छुटेको हप्ता दिन नपुग्दै चोरी आरोपमा पक्राउ परेका छन् ।
धनगढी उप-महानगरपालिका-४ बसपार्कका योगेन्द्र ओझाको घरबाट नगरसहित चोरी गर्ने गिरीलाई पक्राउ गरिएको छ ।
गिरीले घरमा कोही नभएको मौकामा बुधबार बिहान ओझाको घरबाट नगद २५ हजार नगद, अन्दाजी ६० तोला चाँदी र १५ तोला सुनका गरगहना चोरी गरेको हुन।
सीसीटीभी फुटेजका आधारमा गिरीको पहिचान गरेर धनगढी उपमहानगरपालिका-१ स्थित अमन नेपाली बस्ने घरकोठाबाट पक्राउ गरिएको हो ।
गिरीको साथबाट चोरी गरिएको चाँदीको करुवा, दिया, कचौरा, बाला, सिक्री, पायल लगायतका अन्य विभिन्न किसिमका गरगहना, सिक्का, घडी र नगद ६ हजार १३५ बरामद गरिएको छ ।
गिरीलाई हिरासतमा राखेर चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्