२४ लाख रुपियाँसहित पाँच भारतीय विमानस्थलबाट पक्राउ

२४ श्रावन-  बाँके, बाँके प्रहरीले स्रोत नखुलेको २४ लाख रुपियाँसहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

स्रोत नखुलेको २४ लाख रुपियाँसहित पाँच जना भारतीय नागरिकलाई नेपालगन्ज २० स्थित राँझा विमानस्थलबाट बुधवार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा जिल्ला सितापुर थाना कोतवाली उत्तर प्रदेश भारतका ४४ वर्षीय प्रकाशनारायण गुप्ता, सोही ठेगाना भएका ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय अशिष गुप्ता, ३९ वर्षीय पङ्कज जैसवाल र ४६ वर्षीय विमल गुप्ता रहेको छन।

नेपालगन्जबाट काठमाडौँ उड्न लागेका उनीहरूलाई विमानस्थलमा प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त रकम फेला पारेको थियो । उनीहरूलाई हुण्डी कारोबार सम्बन्धी कसुरमा बिहीबार बाँके जिल्ला अदालतबाट चार दिनको म्याद थप लिई अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्