डुंगा दुर्घटनामा परी ३४ जना रोहिंग्या शरणार्थीको मृत्यु

२४ श्रावन- बंगलादेश, युद्धग्रस्त म्यान्माबाट भागेर बंगलादेश जाने क्रममा भएको डुंगा दुर्घटनामा परी मृत्यु भएका ३४ जना रोहिंग्या शरणार्थीको शव निकालिएको छ ।

बंगलादेशको नदीमा मंगलबार भएको उक्त दुर्घटनामा साना बच्चाहरूसहित १० जनाको शव तत्काल निकालिएको थियो । हालसम्म कूल मृतकको सङ्ख्या ३४ पुगेको छ ।

उनीहरू म्यान्माको रखाइन राज्यस्थित आफ्नो गाउँबाट भागेका र उनीहरूको सानो जहाज बङ्गलादेशको शाहपरी टापु नजिकै नाफ नदीमा डुबेको प्रहरीले जनाएको छ ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्