जापानमा ७.१ म्याग्निच्युडको भूकम्पपछि सुनामी

२४ श्रावन- काठमाडौं, बिहीबार जापानले शक्तिशाली ७.१ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी पनि दिइएको छ।

सुरुमा ६.९ र त्यसपछि ७.१ म्याग्निच्युडको अर्को भूकम्प मापन गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। पहिलो भूकम्प ३३ किलोमिटर गहिराइमा ४ः४२ बजे क्युशुको मियाजाकीबाट २९ किलोमिटर दक्षिणपूर्वमा गएको थियो।
जापानले समुद्री सतह एक मिटरसम्म बढ्न सक्ने चेतावनी दिइएको छ।

दोस्रो भूकम्प एक मिनेटभन्दा कम समयमा २६ मिटर गहिराइमा मियाजाकीबाट २० किलोमिटर उत्तरपूर्वमा गएको थियो।

 

प्रतिक्रिया दिनुहोस्