२३ श्रावन- काठमाडौं, अन्नपूर्ण एयरलाइन्सको हेलिकोप्टर बाँकेको राप्ती नदीको बगरमा आकस्मिक ल्याण्ड गरेको छ।
काठमाडौंबाट उडेको हेलिकोप्टर नेपालगन्जमा तेल हालेर बैतडी जाँदै थियो। खराब मौसमका कारण नदी बगरमा फोर्स ल्याण्ड गरेको हो।
त्यसपछि त्यहाँबाट सशस्त्र प्रहरीको कुसुमस्थित बेसक्याम्पमा लगिएको छ। अहिले सशस्त्रको बेसक्याम्पसमा हेलिकोप्टर राखिएको छ। हेलिकोप्टरमा पाइलटसहित दुई जना छन्।
दुई जना पर्यटकलाई बोकेर हेलिकोप्टर बैतडी जादै गरेको थियो। सशस्त्र प्रहरीका एसपी बिमल डाँगीले दुई जना यात्रासहित रहेको हेलिकोप्टर आज सशस्त्र बेसक्याम्प मै रहने जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्