२३ श्रावन- काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको नाइन एन.एजेडी हेलिकप्टर आज दिउँसो दुर्घटनामा परेको छ। हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो र उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको थियो।
हेलिकप्टर शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौर क्षेत्रमा खसेको प्रहरीले बताएको छ। स्थानीयले डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
हेलिकप्टरमा क्याप्टेन र ४ जना विदेशी पर्यटक रहेको थिए।
चिनियाँ पर्यटकमा जुदाड टाङ ९पुरुष०, जी लि ९पुरुष०, यियाद वु ९महिला० र जेमिङ सी ९पुरुष० रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।
हेलिकप्टर दुर्घटनाको खबर पाउनासाथ संस्कृ, पर्यटन तथा नागरिक उड्ययनमन्त्ती बद्री पाण्डे घट्नास्थलतर्फ लागेका छन् । उनी दुर्घटनाको समाचार आउँदा सिंहदरबारस्थित् मन्त्रालयमा नै काममा व्यस्त थिए । समाचार आउनासाथ घट्नास्थलतर्फ निस्किएको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्