कल्पना पराजुलीको स्वरमा दुईटा तिलहरी र कालो कपाल पारेर फरर सार्वजनिक

२३ श्रावन- काठमाडौं, गायिका कल्पना पराजुलीको स्वरमा दुईओटा तीजका भाका सार्वजनिक भएको छ । मुन क्रियसनको रोजी थापाको प्रस्तुतीमा लीलाराज बानीयाँको लय तथा शव्दमा कल्पना पराजुलीको स्वरमा “दुईटा तिलहरी” र सुरेन्द्र कार्कीको प्रस्तुतीमा सुरेन्द्र कार्कीको लय र संगीता भुजेलको शव्दमा कल्पना पराजुली र खुमन अधिकारीको स्वरमा “कालो कपाल पारेर फरर” वोलका गीतहरु २०८१ को तीजको कोसेली स्वरुप सार्वजनिक भए सँगसँगै चर्चा परिचर्चाको क्रममा रहेको छ ।

“दुईटा तिलहरी” गीतको एरेन्ज कार्साङ लामाको रहेको छ भने सुमन्त बानीयाँको निर्देशनमा वनेको भिडियोमा रश्मी भट्ट , राकेश श्रेष्ठ, रोजी थापा, सदिक्षा अधिकारी,प्रमिला दाहाल, रमिला परियार,मुना कार्की, सुष्मा रेग्मी, सीर्जना थापा लगायतको अभिनय रहेको छ । रोशिक श्रेष्ठले सम्पादन गरेको भिडियो स्टार फिल्म्सको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

भिडियोः

यसैगरी “कालो कपाल पारेर फरर” गीतको एरेन्ज विष्णु तामाङले गरेका हुन । समीर थोकरको कोरियोग्राफी तथा निर्देशनमा बनेको भिडियोमा विजय पुन र सञ्चिता वोलाखे लुइँटेलको अभिनय रहेको छ । शुशिल डाँगीले खिचेको भिडियोलाई डाँगीले नै सम्पादन गरेका हुन । सुरेन्द्र कार्की नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको भिडियोको प्रतिक्रियाहरु सकारात्मक तवरले प्राप्त भइरहेका छन ।
काभ्रेपलाञ्चोकमा जन्मिएकी गायिका कल्पना पराजुली ७ वर्षको उमेरदेखि अग्रज कलाकारका गीतसंगीत सुनेर पछि आफु पनी गायन क्षेत्रमा लाग्ने सोच वोकेकी थिइन ।

भिडियोः

 

१३ वर्षको उमेरमै विवाह वन्धनमा वाँधिएकी उनी घरपरिवार व्यवस्थापनमा लागेर अहिले सानो बेलाको सपनालाई पुरा गर्नका निम्ती गीतसंगीतको क्षेत्रमा प्रबेश गरेकी छिन । प्रबेश गरेको एक वर्षको समयावधिमा करिव एक दर्जन गीत रेकर्ड भएर सार्वजनिक भैसकेको छ । म बाँचु कसरी, बाटो छ भिरालो, तिमी मलाई है सानु, धादिङ गल्छी, उग्रचण्डी भगवती वासुकी लगायत उनका लोकप्रिय गीतहरु हुन ।

 

प्रतिक्रिया दिनुहोस्