लिभ–इन रिलेसनमा बस्ने उनिहरुको कुरा हत्याले सबै समाप्त

२१ श्रावन- काठमाडौं, कालोपुलमा केटाको हत्या बारेमा आएको ‘प्रारम्भिक अनुसन्धानबाट लिभ–इन रिलेसनमा बस्ने उषा एक्लैले युवकको हत्या गरेको देखिन्छ ।

प्रेमको पनि अर्कै पत्नी छिन् । वैदेशिक रोजगारीमा गएर उनी भर्खरै काठमाडौँ आएकी छन् ।

उता ओखलढुङ्गाबाट उषाका श्रीमान् मदन पनि काठमाडौँ आएका थिए । उषा र मदनको ५ वर्षीय छोरा छन् ।

सिफलमा डेरा लिएर छोरालाई पढाउने उनीहरूको बिचमा सल्लाह भयो । अनि, उषाले कालोपुलस्थित प्रेम महतसँगको डेराको ‘लिभ–इन रिलेसन’ तोड्न खोजिन् ।

आइतबार बिहान डेरामा यही विषयमा उनीहरूको बिचमा विवाद भएको थियो, उषाले अनुसन्धान अधिकृतहरूलाई बताए अनुसार प्रेमले भने, ‘मलाई छाडेर तिमी पुरानो श्रीमान्कहाँ कसरी जान सक्छौ ’

सम्बन्धअघि बढाउनेबारे विवाद बढ्दै गएपछि युवकले उनलाई कुटपिट गरे, चक्कुले प्रहार गरे । प्रेमले चक्कु प्रहार गर्दा उषाले बायाँ हातले रोकिन् । उनको पाखुरामा चोट लागेको छ ।

अनि, त्यही रिसमा उनले प्रेमलाई तरकारी काट्ने बोर्ड ‘चपिङ बोर्ड’ले प्रहार गरिन् । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार त्यसपछि आफूलाई प्रहार गरेको छुराले नै उनले प्रेमको घाँटी र हातमा अन्धाधुन्ध प्रहार गरिन् ।

प्रेम ढलेपछि उषा दिदीको डेरामा गइन् । दिदीलाई सबै कुरा बताइन् । उनकी दिदीले घटनाबारे जानकारी गराउन ज्वाइँ मदन रम्तेललाई बोलाएका हुन् । रम्तेल केही दिनअघि पत्नीलाई खोज्दै छोरा पनि लिएर काठमाडौँमा आएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

हत्या आरोपी आफ्ना पतिलाई ढाँटेर ओलढुंगाबाट काठमाडौँमा आएर ‘लिभ(इन् रिलेसन’मा बसेकी थिइन् । उनीविरुद्ध प्रहरीले ज्यानसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्