नेपाली सेनाका जवानले आफैँले गोली हानी आत्महत्या गरे

१९ श्रावन- नवलपरासी, कावासोती नगरपालिका(७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको आफैँले चलाएको गोली लागेर मृत्यु भएको हो।

‘धादिङ गल्छी गाउँपालिका-४ घर भई श्री गोरखगण कसरा चितवन दरबन्दी भई हाल नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोस्टमा कार्यरत रहेका मिजारले आज दिउँसो कोत घरमा रहेको ५ दशमलव ५६ एमएमको मिनी गनले आफैँले आफ्नो घाँटीमा गोली प्रहार गरेको पाइएको हो।

घटनाबारे जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र प्रहरी घटनाबारे अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्