गोलाबारीमा कम्तीमा ३२ जनाको मृत्यु साथै धेरै घाइते

१९ श्रावन- सोमालियाको राजधानीको समुद्र तटीय स्थानमा शनिबार भएको आत्मघाती बम आक्रमण र बन्दुकधारीले गरेको गोलाबारीमा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका छन् ।

अबिफाताह अदान हसनले करिब ६३ जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको बताए । भिडियो फुटेजमा मोगादिसुको अब्दियाजिज जिल्लामा धेरै शव र घाइते व्यक्तिहरू देखाइएको छ।

दक्षिणी र मध्य सोमालियाको ठुलो भूभाग नियन्त्रण गर्ने अल(शबाब लडाकूहरूले सो आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यो समूह अल(कायदासँग आबद्ध छ र सोमालियामा संयुक्त राष्ट्र समर्थित सरकारको विरुद्ध लगभग २० वर्षदेखि क्रूर विद्रोह गरिरहेको छ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्