१९ श्रावन- काठमाडौं, शनिबार नेपाल खेलकुद महासङ्घ काठमाडौँले आयोजना गरेको बृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमेयर विद्यासुन्दर शाक्यले महानगरले हैसियतअनुसारको काम गर्न नसकेको बताए । काम गर्न नसकेकै कारण महानगरको स्थान ९औंबाट १७औं स्थानमा पुगेको बताए ।
महानगर प्रमुख बालेन्द्र शाहतर्फ लक्षित गर्दै उनले अरूलाई गाली गरेर जस लिने तर काम केही पनि नगर्ने प्रवृत्ति देखापरेको बताए । महानगरेको नेतृत्व गर्नेले हैसियतलाई बुझेर काम गर्नुपर्ने उनको भनाइ छ ।
‘पूर्वमेयर विद्यासुन्दर शाक्यले भनेः काठमाडौँ महानगरपालिकाको हैसियत भनेको नेपाल सरकारले ९ औँ स्थानमा राखेको थियो । अहिले झारेर १७औँ स्थानमा पुगेको छ । हामीले हाम्रो हैसियतअनुसार काम गर्न नसक्दा, नेतृत्वले आफ्नो भूमिका निर्वाह गर्न नसक्दा सरकारले अवमूल्यन गरेर काठमाडौँ महानगरपालिका भन्दा देशभरका सम्पूर्ण मेयर, उपमेयरलाई तल राख्ने काम गरेको छ,’ ।
प्रतिक्रिया दिनुहोस्