देशभर हैजा संक्रमितको संख्या २५ जना

१९ श्रावन- काठमाडौं, स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार देशभर हैजा संक्रमितको संख्या २५ पुगेको हो ।

पछिल्लो २४ घण्टामा दुईजनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौंको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरपालिकामा एकजनामा हैजा संक्रमण देखिएको इडिसिडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्