१८ श्रावन- काठमाडौं , काठमाडौं महानगरपालिका(८ बस्ने ४५ वर्षीया बिना महर्जन अनलाइनमार्फत ठगी गरेको आरोपमा पक्राउ परेकी छिन् ।
उनले अनलाइनमा रकम जम्मा गर्दा राम्रो आम्दानी हुन्छ भन्दै प्रलोभन देखाएर टेलिग्राम एपमार्फत ‘नेपाल एमएफओसिएल’ समूह बनाएर पर–परचेज ०.२३ प्रतिशत नाफा हुने बताउँदै ठगी गरेको आरोप छ ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं–११ बाट पक्राउ गरेको हो ।
नाफा हुने बताउँदै विभिन्न व्यक्तिको खातामा रकम पठाउन लगाएर ठगी गरेको भन्ने जाहेरी परेपछि पक्राउ परेकी महर्जनविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका एसपी नवराज अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस्