राज मगरको वेजोड अभिनयमा हङकङको चुरा

१७ श्रावन-  काठमाडौं, युवा मोडल राज मगरको अभिनयमा नयाँ तीज गीत सार्वजनिक भएको छ । खर्ककी चेली भाग ३ हङकङको चुरा वोलको गीतमा मोडल मगरको वेजोड नृत्य रहेको छ ।

वि.सं.२०६० सालदेखि गुरु भाइराम श्रेष्ठ सँग नृत्य सिकेर कोरस नृत्य गरे सँगै लोकआधुनिक गीतमार्फत पहिलोपटक २०७४ सालवाट मुख्य भुमिकामा मोडल मगरले काम गरे । अहिले पछिल्लो क्रममा आइपुग्दा दर्जनौं लोक तथा दोहोरी गीतहरुमा मुख्य भुमिकामा अभिनय गरिसकेका छन । अभिनय सँगसँगै काठमाण्डौं भित्र रहेका केहि विद्यालयहरुमा नृत्य प्रशिक्षकको रुपमा पनी व्यस्त रहेका छन ।

पछिल्लो क्रममा शारदा रसाइली नामक युट्युव च्यानल मार्फत सार्वजनिक उक्त तीजको गीत कुशल निर्देशक नीरेन श्रेष्ठले निर्देशन गरेका हुन । शारदा रसाइली र नारायण दङ्गालको स्वरमा रहेको गीतको भिडियोमा राज मगर सँगै शरद एल.जी.,जुनु एस.डी. र प्रिती गुरुङको अभिनय रहेको छ ।

 

भिडियोः

प्रतिक्रिया दिनुहोस्