अब विदेशी प्रर्यटक सजिलै भारत जान पाउने

१६ श्रावन- कञ्चनपुर, भारतीय अध्यागमन कार्यालयले लामो समयदेखि विदेशी पर्यटकका लागि बन्द गरेको आगमन पुनः खुला गरेको छ।
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ जाने तेस्रो मुलुकका विदेशी पर्यटकले निर्वाधरुपमा जान पाउने भएका छन्।

कोराना महामारीका बेला नेपालका केही सीमा नाकामात्रै भारततर्फ जाने पर्यटकका लागि भारतले खुला गरेको थियो। गड्डाचौकी नाका भएर जाने विदेशी पर्यटकलाई भारतले रोक लगाएको थियो।भारतीय पक्षले यही साउन १५ गतेदेखि विदेशी पर्यटकको आगमनका लागि प्रस्थान९डिपार्चर० खुला गरेको छ।

ुभारतीय अध्यागमन कार्यालयले विदेशी पर्यटकलाई प्रवेशमा रोक लगाउँदा सीमा नाका हुँदै भारततर्फ जाने पर्यटकको सङ्ख्या तीन वर्षदेखि ठप्प रहेको थियोु,

प्रतिक्रिया दिनुहोस्