१६ श्रावन – झापा, झापामा रहेको प्रादेशिक अस्पताल भद्रपुरका कर्मचारी अस्पतालमै मृत भेटिएका छन् ।
अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत स्वास्थ्य सहायक २४ वर्षीय सुरज शर्मा अस्पतालभित्रै झुन्डिएको अवस्थामा फेला परेका छन ।
उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्