१४ श्रावन- ढल्केबर, धनुषाको धनुषाधाम नगरपालिका.२, मंगलपुरमा धारिलो हतियार प्रहारबाट एक पुरुषको हत्या भएको छ । सोही ठाउँ बस्ने ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको प्रहरीले जनाएको हो ।
सोमबार ठाकुरको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दियोे । हत्या अभियोगमा सोही ठाउँ बस्ने सुर्जिदेवी मुखिया, नागेश्वर मुखिया र मुकेश मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ठाकुरको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा जनकपुर पठाइएको र घटनासम्बन्धमा अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्