१४ श्रावन- काठमाडौँ, नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको नाममा सर्कुलर जारी गर्दै कर्जा प्रवाह गर्दा स्वीकृत कर्जा रकमबाट तोकिएको सेवा शुल्क बाहेक अन्य कुनै पनि प्रकारको रकम कट्टा गरी बचतको रूपमा राख्न नपाइने व्यवस्था गरेको हो ।
साथै, सेवा शुल्कसमेत बढीमा १.३ प्रतिशतभन्दा बढी लिन नपाइने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । यसअधि लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा स्वीकृत कर्जामा १.५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यवस्था थियो । तर, तोक कर्जा प्रवाह गर्ने संस्थाले लघुवित्त वित्तीय संस्थाहरूलाई प्रवाह गर्ने कर्जामा ०.५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाइने व्यवस्था छ ।
साथै, थप व्यवस्था गर्दैै केन्द्रीय बैंकले बचत लिँदा बचतको ब्याजदर समेत ग्राहकहरुलाई लिखित रूपमा जानकारी दिनुपर्ने र ग्राहकको सहमति नलिइ निजको खाताबाट कुनै रकम कट्टा गर्न नपाइनेसमेत केन्द्रीय बैंकले जनाएको छ ।
यस्तै, लघुवित्त वित्तीय संस्थाले ऋण असुलीका लागि कुनै किसिमको अपमानजनक एवं कठोर विधि अपनाउनसमेत नपाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्