धारिलो हतियार देखाई लुटपाट गर्ने गिरोहका नाइके स्याङतान पक्राउ

१३ श्रावन- काठमाडौं, साउन १२ गते नागार्जुन ७ विन्दबासिनी मन्दिर नजिकैको जंगलमा गाडीमा सवार व्यक्तिहरुलाई तीन जना अपरिचित व्यक्तिहरुले धारिलो हतियार देखाई लुटपाट गरी फरार भएका थिए । त्यसपछि नागार्जुन स्युचाटारमा चेकपोइन्ट राखी खानतलासी गर्ने क्रममा नाइके स्याङतान पक्राउ परेको प्रहरीले जनाएको छ ।

स्याङतानको साथबाट २ थान खुकुरीसहित सुनका गरगहनाहरू ४ थान औँठी, १र१ थान सिक्री र सिक्रीको टुक्रा, लकेट, २र२ थान ब्रासलेट र कानमा लगाउने रिङ फेला परेको छ । यस्तै १३ हजार ४०० नगद र एक चाँदीको ब्रासलेट पनि फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौंको विभिन्न स्थानमा विगत केही दिनदेखि हाइकिङ जाने व्यक्तिहरुलाई धारिलो हातहतियार देखाई लुटपाट गर्ने गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको विशेष प्रहरी टोलीले उक्त घटना नियन्त्रणको लागि लुटपाट तथा चोरी नियन्त्रण अभियान संचालन गरी मकवानपुरका धनबहादुर स्याङतानलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्