८ श्रावन – इनरुवा, महोत्तरी जिल्ला घर बताउने ६५ वर्षीय महिला मन्दीदेवी यादवले कोशी ब्यारेजको ११ नम्बर ढोकाबाट हाम फालेर आत्महत्या प्रयास गरेकी महिलालाई प्रहरीले उद्धार गरेको छ ।
प्रहरीले उनलाई पानीमा तैरिएको अवस्थामा उद्धार गरेको प्रत्यक्षदर्शी देवराज यादवले जानकारी दिए । कोशी ब्यारेजमा हाम फालेको केही मिनेटमै प्रहरीले नाउँको सहायताबाट महिलाको सकुशल उद्धार गरिएको हो।
मंगलबार दिउसो २ बजेको समयमा महिलाले ११ नम्बर ढोकाबाट हामफालेका थिए । उद्धार गरिएको महिलाको उपचारको लागि जिल्ला अस्पताल सुनसरी पठाइएको छ ।
-गोरखापत्र
प्रतिक्रिया दिनुहोस्