सडक पेटीमा हिँडिरहेका तीन यात्रुलाई ठक्कर दिएको चालकले लागुऔषध सेवन गरेको पाइयो

८ श्रावन – काठमाडौं, सोमबार साँझ बा११च ५९१६ नम्बरको कारले सोमबार साँझ सडक पेटीमा हिँडिरहेका तीन यात्रुलाई ठक्कर दिएको थियो ।

बल्खुमा तीन जना पैदलयात्रीलाई ठक्कर दिने कारका चालकले लागुऔषध सेवन गरेको पाइएको छ । काठमाडौं प्रहरी परिसरका अनुसार चालक भुपेन्द्र श्रेष्ठले लागुऔषध सेवन गरेर कार चलाएको खुलेको छ ।

 

घटनामा भारतको मोतिहारी घर भइ हाल डल्लु बस्ने १८ वर्षिय प्रियन्सु कुमार, कुलेश्वरका २५ वर्षिय भोला कुमार र १९ वर्षिय श्याम बाबु ठाकुर घाइते भएका थिए । उनीहरूको बल्खुस्थित बयोद्या अस्पतालमा उपचार भइरहेको छ ।

श्रेष्ठको स्वास्थ्य परीक्षण गर्दा औषधिजन्य लागुऔषध बेन्जोडियाजेपाइन्स सेवन गरेको पाइएको हो । साथै, कारभित्रबाट नाइट्राभेट पनि भेटिएको छ ।

प्रहरीले लागुऔषधजन्य पदार्थ र कारसमेत नियन्त्रणमा लिई सवारी अंगभंग सम्बन्धी कसुर मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्