डा. विजय सुव्वा र जे.वि टुहुरेलाई जनजागरण सम्मान

८ श्रावन – काठमाडौं, राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालको बाग्मती प्रदेश कमिटिले जनगायक तथा स्रष्ठा सम्मान गरेको छ ।

 

४६ औं पुष्पलाल स्मृती दिवस २०८१ को अवसरमा गत साउन ७ गते सोमबार सुर्यविनायक ३,भक्तपुर र खसीवजार १४,काठमाण्डौंमा राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालका पूर्व अध्यक्ष तथा स्रष्ठा डा.विजय सुव्वा र जनगायक स्वर्गीय जे.वि टुहुरे लाई जनजागरण सम्मान गरेको छ । जनगायक टुहुरेको परिवारमा उक्त सम्मान अर्पण गरिनुका साथै उनको योगदानको सम्झना गरेको छ ।

 

डा. विजय सुव्वा सुर्यविनायकको कार्यक्रममा भने जे.वि टुहुरे खसीवजारको कार्यक्रममा सम्मानित भएका हुन ।

 

राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालका केन्द्रिय अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि अधिकारीले समाज रुपान्तरण,चेतनामुलक जागरण गराउने गीतसंगीत गाउने र सिर्जना गर्ने सर्जक तथा गायकहरुको योगदानको चर्चा गर्दै त्यसप्रकारका स्रष्ठा सर्जकलाई महासंघले मुल्याङ्कन गरी सँधै सम्झिरहने र सम्मान गर्दै जाने उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालको प्रदेश कमिटि,जिल्ला कमिटिका पदाधिकारीहरुको वाक्लो उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्