नेपालले पाकिस्तानलाई १०९ रनको टारगेट दिएको छ

६ श्रावन- काठमाडौं, एसिसि महिला एसिया कप २०२४ मा नेपालले पाकिस्तानलाई १०९ रनको टारगेट दिएको छ

नेपालले २० ओभरमा १०८ रन बनाएको छ भने ६ विकेट गुमाएको छ

नेपालका लागि सिता राना मगरले सर्वाधिक २६ रन बनाइन । ३० बलको सामना गरेकी उनले तीन चौका प्रहार गरिन् । त्यस्तै पुजा महत्तो र कविता जोशीले अन्तिममा महत्वपूर्ण साझेदारी गर्दा नेपालले सम्मानजनक योगफल खडा गरेको हो ।

२३ बलको सामना गरेकी जोशीले नटआउट ३१ रनको योगदान दिइन् । यता ३२ बलको सामना गरेकी महत्तोले तीन चौकाको मदतमा २५ रन बनाइन् । उनी २० औं ओभरमा रन आउट भएकी थिइन् ।

कविता कुँवर १३, सम्झना खड्का ४ रनमा आउट हुँदा कप्तान इन्दू बर्माले रनको खाता नै खोल्न सकिन्न् । त्यस्तै रुबिना क्षेत्री ८ बनाएर रन आउट भइन् ।

प्रतिक्रिया दिनुहोस्