उद्योगीले प्रयोग गरेको विद्युतको भुक्तानी गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ

६ श्रावन- काठमाडौं,  आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उद्योगीले प्रयोग गरेको विद्युतको भुक्तानी गर्नुपर्ने बताएका हुन्।

ओलीले प्रधानमन्त्रीले उद्यमीहरुले प्रयोग गरेको बिजुलीको पैसा नउठाउ भनेर भन्यो भनेर अफवाह नफैलाउन चेतावनीसमेत दिए। उनले लहैलहैको भरमा नबोल्न आग्रह गरे। ओलीले भने,‘जो तिर्नुपर्ने हो, जो लिनुपर्ने हो,त्यो असुल गरौं। मन लागेजति असुल गर्ने होइन। कानुनी राज भनेको त्यहि हो। पाउनुपर्ने पैसा पाइन्छ। सरकारले पनि तिर्नुपर्ने पैसा तेराइन्छ।’

उनले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बोलाएर उद्योगीसँग छलफल गराएपनि चित्तबुझ्दो जवाफ नदिएको बताए। व्यवसायी,उर्जामन्त्री र प्रबन्ध निर्देशकसहितको बैठकमा प्रयोग नगरेको विद्युतको समेत बील घिसिङले पठाएपछि आफूहरुले नतिरेको व्यवसायीले दाबी गरेको बताए। घिसिङले बोर्डको बैठकले लाइन काट्ने निर्णय गरेको जवाफ दिएपनि बोर्ड बैठकमा घिसिङले निर्णय नगरी आफैं बन्द गराएको र बोल्न नसकेको खुलेको उनको भनाई छ।

 

उनले ९ वर्ष अगाडिको विवाद विवादका बीच बन्द गर्नु उपयुक्त नभएको बताए। संवाद र तथ्यका आधारमा प्रयोग गरेको बीलको भुक्तानी हुनुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्