७ लाख मुल्यको अबैध सामानसहित एक जना पक्राउ

६ श्रावन- कञ्चनपुर,  कञ्चनपुरमा झण्डै ७ लाख मुल्यको अबैध सामान बरामद गरिएको छ।

औषधी, एक थान मोटरसाइकल, मदिरा, चप्पल, सुट, कुर्ती, तेल, चिनी र हार्डवेयरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। साथै भन्सार छलीमा संलग्न एक जना भारतीय नागरिकलाई समेत नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्