३४ वर्ष सम्म देशको हरी बिजोक बनाउनु भो, हामी ५ महिना सरकारमा रहयौः रवी लामिछाने

६ श्रावन-  काठमाडौं, आज बसेको प्रतिनिधिसभा बैठकबाट रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छनः तपाईहरुले ३४ वर्ष सम्म देशको हरी बिजोक बनाउनु भो, हामी ५ महिना सरकारमा रहयौ, हाम्रो कारणले देशको हरिबिजोक भएको हो भने ५ महिनाको जिम्मा हामी लिन्छौ, बाँकी ३४ वर्षमा ५ महिना भाग लगाएर बाँकी रहेको तपाईहरु लिनुहुन्छ |

साथै

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्टन्टबाज’ भनेकोमा रवि लामिछानेले आपत्ति जनाएका छन् । आफूहरूले गरिरहेको स्टन्ट साहस र आँट भएको उनको दाबी छ ।

ओलीले सम्बोनका क्रममा व्यापारीलाई पहिला थुन्ने र सुन्ने ‘स्टन्ट’ गरेको भन्दै यसअघिको सरकारको आलोचना गरेका थिए । साथै उनले सरकारले सुशासनको नाममा ‘स्टन्ट’ भन्दा पनि सही इन्टेन्सन राखेर काम गर्ने बताएका थिए ।

लोकतन्त्रको परिभाषाका क्रममा ओलीले स्वतन्त्रताको लागि लडेका अफ्रिकाका नेता नेल्सन मण्डेलाको नाम लिएका थिए । ओलीको त्यो भनाइ कोट्याउँदै लामिछानेले नेल्सन मण्डेलाको हाइट भएको नेता नेपालमा नभएको टिप्पणी गरे ।

लामिछानेले दागी मन्त्रीलाई सरकारमा सहभागी गराएकोले ओलीलाई विश्वासको मत नदिने बताए ।

प्रतिक्रिया दिनुहोस्