४ श्रावन- पोखरा, पोखराका छुट्टाछुट्टै ठाउँमा डुबेर ३ जनाको मृत्यु भएको छ ।शुक्रबार दिउँसो पौडी खेल्न गएका पोखरा १ मोहरिया टोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा २ बाग्लुङ बसपार्क बस्ने १८ वर्षीय स्वयम् ताम्राकारको मृत्यु भएको हो ।
हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको हो ।
दुबैजनाको शव सशस्त्र प्रहरी बल कालिका गणबाट खटिएको विपद् व्यवस्थापन तथा गोताखोर टोलीले निकालेर पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
यस्तै, पोखरा २६ गुदेतालमा डुबेर एक बालकको मृत्यु भएको छ । प्रगतिटोल बस्ने ३४ वर्षीय विकास परियारका छोरा ६ वर्षीय सचिन परियार बुवासँग माछा मारेको हेर्न गएकोमा अचानक तालमा डुबेर मृत्यु भएको कास्की प्रहरी ले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्