त्रिशूलीमा बससँगै खसेकी सृष्टि यादवको कुशको शव बनाएर अन्तिम संस्कार

४ श्रावन- बारा, त्रिशूलीमा बससँगै खसेको ८ दिन बितिसक्दा पनि अत्तोपत्तो नभएपछि बाराको कलैया उपमहानगरपालिका(१४ निवासी सृष्टि यादवको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।

घटनाको आठ दिन हुँदा पनि त्रिशूलीमा खसेकी सृष्टिको अवस्था पत्ता नलागेपछि अभिभावकले कुशको शव बनाएर हिन्दू परम्पराअनुसार उनको अन्तिम संस्कार गरेका हुन्

त्रिशूलीमा बेपत्ता सृष्टि पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित स्वास्थ्य चौकीमा रेडियोग्राफर थिइन् । उनी लोकसेवाको परीक्षा दिन काठमाडौं जाँदे गर्दा दुर्घटनामा परिन् ।

सृष्टि सवार बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एञ्जल र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बस त्रिशूलीमा खसेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्