जोमसोममा ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु

४ श्रावन- जोमसोम, शुक्रबार दिउँसो करिब १ बजे ढुम्बा स्थित कुछप तेरङगा गुम्बाको नाली खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर पुरिएपछि दुई मजदुरको मृत्यु भएको छ। घटना मुस्ताङको घरपझोङ–५ ढुम्बामा भएको हो।

सर्लाही लालबन्दी नगरपालिका–१५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङ गढवा गाउँपालिका–१ का २३ वर्षीय रवि दर्लामी मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ ।

पुरिएको शव बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्