प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत गुमाए

२८ आषाढ-  काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा राखेको विश्वासको मत गुमाएका छन
दाहालको पक्षमा मत आयो ६३ भने विपक्षमा मात १९४ आएको छ भने मत दिन्नेमा १ मत परेको छ

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)ले दाहाललाई विश्वासको मत दिए। नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले भने विपक्षमा मत दिए।

त्यस्तै, नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल तटस्थ बसे।

यसअघि दाहालले चार पटक विश्वासको मत लिएका थिए। चारै पटकमा कांग्रेस र एमालेले आलोपालो विश्वासको मत दिएका थिए।

प्रतिक्रिया दिनुहोस्