छुरा प्रहार गरि हत्या गरेका आरोपीतद्धारा आत्मसमर्पण

२८ आषाढ-बुटवल, बुटवल–७ दिपनगरका ३६ वर्षीय रवी थापाको छुरा प्रहार गरी हत्या गरेको आरोप लागेका अभियुक्तले शुक्रबार प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

फरार रहेका हत्याका अभियुक्त बुटवलका किशोर कुँवर र कुस्मन कार्कीले शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलमा आत्मसमर्पण गरेका हुन् ।

छुरा प्रहारबाट घाइते भएका थापाको उपचारका क्रममा असार १८ गते निधन भएको थियो । उनीमाथि गत जेठ २ गते बुटवल कालिकानगरस्थित एक रेष्टुरेन्टमा छुरा प्रहार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्