दुई स्कुटर ठोकिँदा भक्तपुरमा एक जनाको मृत्यु

२५ आषाढ- भक्तपुर, आज बिहान सवा ६ बजे प्र २ ०२२ प १७ ४८ र प्र २ ०१७ प ५० १२ नम्बर प्लेटको स्कुटर एक आपसमा ठोकिँदा कटुनजेका राम राजा थापा मगरको मृत्यु भएको छ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका अनुसार मृत राजा राम थापा मगर सूर्यबिनयक नगरपालिका–५, कटुन्जेका २२ वर्षीय बसिन्दा हुन्। राजा राम प्र २ ०२२ प १७ ४८ नम्बर प्लेटको स्कुटरमा यात्रा गर्दै थिए।

कार्यालयका अनुसार मृत थापा मगरलाई टाउकोमा चोट लागे पछि भक्तपुर अस्पताल लगिएको थियो। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार प्र २ ०१७ प ५० १२ मा सवार ४९ बार्षिया पार्वती नगरकोटीलाई उपचारका लागि मध्यपूर अस्पताल लगिएको छ।

 

उनका अनुसार पार्वती नगरकोटीलाई सामान्य घाउ चोट लागेको छ। यस दुर्घटनाका बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्