१४ किलो चाँदीसहित प्रहरीद्धारा ३ जनालाई पक्राउ

२३ आषाढ- ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको हुण्डाई कारबाट १४ किलो २५० ग्राम चाँदीसहित उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ ।

सानो गौचरणस्थित अटो सर्भिसेज प्रालि नामको वर्कसप भित्र गाडी रोकिरहेको अवस्थामा सीआईबीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारत रक्सौलका अमन कुमार, सोही ठाउँका विकीकुमार साह र सवारी चालक पर्सा लिपर्नी विर्ता घर श्रवण कुमार कानू छन् ।

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएछ

प्रतिक्रिया दिनुहोस्