गेस्टहाउसमा एक पुरुष मृत अवस्थामा फेला

२३ असार- काठमाडौं, ललितपुर महानरपालिका–१७ सिचाहिटीमा रहेको ललितपुर गेस्टहाउसमा एक पुरुष मृत भेटिएका छन् ।

मृत भेटिनेमा सोलुखुम्बुघर भएका २१ वर्षीय जीवन निरौला रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानाएको छ ।

 

उनी उक्त गेस्टहाउसमा बस्न भन्दै शनिबार राति साढे ९ बजे गेस्टहाउस पुगेका थिए ।

आइतबार बिहान साढे ११ बजेसम्म पनि ढोका नखुलेपछि झ्यालबाट हेर्दा निरौला घोप्टो अवस्थामा सुतेको देखिएको थियो । तर बोलाउँदा पनि नबोलेपछि प्रहरीलाई खबर गरेर ढोका फोडेर हेर्दा उनी मृत भेटिएका हुन् ।

 

उनी सुतेको कोठामा लागु औषध एम्पुलहरु समेत फेला परेकाले उनी लागु औषध प्रयोगकर्ता भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । उनको शव पोष्टमार्टमा लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्