एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

१९ असार- काठमाडौं, नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरकोे छ ।

एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले पनि आज नै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने भएका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार अबको डेढ घण्टाभित्र समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने छन् ।

प्रतिक्रिया दिनुहोस्