भ्वाङ परेको सडकमा पठाओ चालक, सवार व्यक्ति खसे

१९ असार-  काठमाडौं, नयाँबजारस्थित सोह्रखुट्टे–बालाजु सडकखण्ड पानीले सडक भरिएको छ ।
बाटोमा धमिलो पानी जमेको कारण पठाओ चालक र सवार व्यक्ति उक्त खाल्डोमा खसेका थिए

उक्त भ्वाङमा पठाओ चालक, सवार व्यक्ति, चालकको मोटरसाइकल अनि मोवाइल समेत खसेको चालकले बताएका छन

सडकको दुईतिर बाटो भत्केको, बीचमा राम्रो बाटो होला भन्ने सोचेर आफूले बीचबाट मोटरसाइकल लैजान खोज्दा दुर्घटनामा परेको चालकलेले बताए । ‘बीचमा त ठूलै खाल्डो रैछ । म पनि छिरें, प्यासेन्जर पनि छिर्‍यो’, उनले भने, ‘बाइकले थिचेको भए मरिहाल्थें । तर म बाइकमाथि परें । बाइकलाई टेकेर माथि रोडलाई सपोर्ट लिएर माथि निस्किएँ । बाँच्न सफल भएँ ।’

चालक शाक्य र पछाडि बसेका यात्रीलाई केही नभए पनि उनको मोटरसाइकल र मोबाइल खाल्डोमै परेको थियो ।

बिहान करिब पौने ६ बजेतिर खसेको बाइक सशस्त्र प्रहरी, काठमाडौं महानगरको टोलीले करिब साढे ८ बजेतिरमात्रै निकालिएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्