क्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई थुनामा पठाउने आदेश

१८ आषाढ- काठमाडौँ, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई थुनामा पठाउने आदेश भएको छ।

मंगलवार भएको सुनुवाईपछि धरौटीमा रिहा गर्न अस्वीकार गर्दै जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

उनलाई संगठित अपराध,ठगी,सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ। यी सबै अभियोग जोड्दा २४ वर्ष कैद हुनुपर्ने दाबी अभियोग पत्रमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्