एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल र घनश्याम भुसालको दावी

काठमाण्डौ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाण्डौमा शुरु भएको छ । काठमाण्डौको नेपाल प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनको उद्घाटन गरेका हुन।

यही असार २० गतेसम्म चल्ने महाधिवेशनमा देशभरिबाट एक हजार आठ सय ४७ जना प्रतिनिधि आएका एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताए ।

यसैबीच एकीकृत समाजवादी पार्टीको अध्यक्ष पदमा अहिलेका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालबीच प्रतिस्पर्धा हुने भएको छ । सम्मानित नेता झलनाथ खनालले आफ्नो समर्थन घनश्याम भुसाललाई रहने बताइसकेका छन ।

महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, विभिन्न पार्टीका नेताहरू चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, उपेन्द्र यादव, डा. सीके राउत, रञ्जिता श्रेष्ठ लगायत उपस्थिती रहेको थियो । तर उद्घाटन सत्रमा नेकपा एमालेका भने कुनै प्रतिनिधि थिएन्न । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पटक पटक फोन र म्यासेज गर्दा पनि प्रतिनिधि नआएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्