१६ आषाढ- सङ्खुवासभा, सङ्खुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा मकालु वरुण राष्ट्रिय निकुञ्जका प्रथ प्रदर्शक ५० वर्षीय केशरबहादुर कार्की आज मृत भेटिएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
उनलाई निकुञ्ज कार्यालयदेखि झण्डै तीन सय मिटरको दूरीमा स्थानीयले मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।
कार्की शनिबार साँझ निकुञ्ज कार्यालयबाट बाहिर निस्किएका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्