लद्दाखमा भएको ट्याङ्क दुर्घटनामा पाँच भारतीय सैनिकको मृत्यु

१५ आषाढ- लद्दाख, भारतको लद्दाखस्थित दौलत बेग ओल्डी क्षेत्रमा शुक्रबार साँझ सेनाको ट्याङ्क लडाइमा प्रयोग हुने गाडी) दुर्घटना हुँदा पाँच भारतीय सैनिकको मृत्यु भएको छ ।

सबै पाँच जनाको शवलाई घटनास्थलबाट निकाली आवश्यक अन्तिम परीक्षणका लागि पठाइएको छ । परीक्षणपछि शबलाई मृतकका आफन्तलाई बुझाइने सुरक्षा अधिकारीले बताएका छन् ।

सेनाले सञ्चालन गरेको टी–७२ ट्याङ्क नदी पार गर्ने अभ्यासका क्रममा दुर्घटनामा परेको थियो । पानीको सतह शुक्रबार अचानक बढेका कारण दुर्घटना भएको रक्षा अधिकारीले बताए ।

घटनाको समयमा ट्याङ्कमा एक जुनियर कमिश्नर अफिसर र चार जवान गरी पाँच सिपाही थिए ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्