पाकिस्तानमा पहिचान नखुलेका शवको सङ्ख्या २२ पुग्यो

१२ आषाढ- पाकिस्तानको कराँचीको नगरका विभिन्न क्षेत्रमा फेला परेका अज्ञात शवहरूको सङ्रख्या २२ पुगेपछि रहस्यमय र चिन्ताजनक प्रवृत्तिलाई नियन्त्रण गर्न नगर प्रशासन जुटेको स्थानीय न्यूजले जनाएको छ ।

 

मङ्लबार थप पाँचवटा नयाँ शवहरू फेला परेपछि रहस्यमय मृत्यु हुनेको सङ्ख्या बढेको छ ।

महानगरमा एम्बुलेन्सको सञ्जाल सञ्चालन गर्ने गैरसरकारी संस्थाले पहिचान नखुलेका शवको सङ्ख्या २२ पुगेको पुष्टि गरेको छ । मृतकका आफन्त कोही पनि शव लिन नआएकाले झण्डै दुई दर्जन शव अझै बेवारिसे अवस्थामा रहेको जनाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्