माछा मार्न गएका तीन जनालाई खोलाले बगायो

१२ आषाढ- मोरङको सुन्दरहरैचा नगरपालिका ५ स्थित बुढीखोलामा माछा मार्न गएका तीन जनालाई खोलाले बगाएको छ।

ती मध्ये १ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा सुन्दरहरैँचा ५ की २२ वर्षीया प्रेमकला चौधरी रहेकी छन्।

मंगलबार दिउँसो स्थानीय ६० वर्षीया असरादेवी चौधरी, ३० वर्षीया फुला चौधरी, २२ वर्षीया स्वस्तिका चौधरी र २२ वर्षीया प्रेमकला चौधरी बुढी खोलामा माछा मार्न गएका थिए।

प्रतिक्रिया दिनुहोस्