दोश्रो जयप्राप्ति म्युजिक अवार्ड २०८१ भव्यताका सम्पन्न

९ आषाढ-  काठमाडौं, दोश्रो जयप्राप्ति म्युजिक अवार्ड २०८१ भव्यताका सम्पन्न भएको छ । रक्षा मन्त्री हरि उप्रेतीको प्रमुख आतिथ्यमा गत असार ८ गते शनिबार नेपाल चलचित्र विकास वोर्ड, चावहिलमा सम्पन्न भएको हो ।

समारोहमा प्रमुख अतिथि रक्षा मन्त्री उप्रेतीले हाम्रो नेपाली संस्कृति पश्चिमीकरण तर्फ ढल्किएको वताउँदै मौलिकपन झल्काउने गीतसंगीत,वाजागाजा मादल,सारङ्गी लगायतलाई वढवा दिदैं नेपाल र नेपालीको पहिचान झल्काउनुपर्नेमा जोड दिए ।

जयप्राप्ति म्युजिक प्रा.लि का अध्यक्ष तथा वरिष्ठ देउडा गायक जयराज भट्टको सभापतित्वमा भएको समारोहमा गायक जयराज भट्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत गायनतर्फ बालकलाकार प्राप्ति भट्टले गरिन भने बालकलाकार प्रशान्त भट्टको नृत्यले उपस्थित दर्शकहरुमा मनोरञ्जन दिलाएका थिए । गीतकार राजेन्द्र पुरीको संयोजनमा भएको कार्यक्रममा वरिष्ठ कलाकार उत्तम के.सी., नेपाल म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष वविता श्रेष्ठ मलेकु, चलचित्र निर्देशक दयाराम घिमिरे , वि.पाण्डे, तेज गिरी, राजेन्द्र अर्याल ,काव्य म्युजिक सेन्टरका अध्यक्ष रमेश श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा यूवा पत्रकार ऋषि थपलिया , मोफसलमा कार्यरत यूवा पत्रकार अमरराजन हर्की सम्मानित भए भने सञ्चारकर्मी सम्मानमा डेढ दशकदेखि सञ्चारकर्ममा आवद्ध भएका शिवराम भण्डारी सम्मानित भए । दशकका गायकका रुपमा सि.डि विजय अधिकारी सम्मानित भए । कला सम्मानद्धारा कृष्ण जोशी, विनोद सुनार, आश्मा विश्वकर्मा, दिपकनारायण विश्वकर्मा, सुष्मा शाहि ठकुरी, सदिक्षा पाण्डे सुनीता, राज पौडेल, रमेश पाठक, राज तामाङ, सुदिप यस्माली हनुमानलाई सम्मान गरियो भने राज कार्की यूवाउधमी स्वरुप सम्मानित भए । यसैगरी भिडियो निर्देशक सम्मानमा दयाराम घिमिरे, शिक्षा सम्मानमा कृष्ण वहादुर अधिकारी क्षत्री, सागर डङ्गोल, शुरेशचन्द्र अधिकारी सम्मानित भए । यसैगरी दुर दर्पण लाइभ स्टुडियो, महादेव भट्ट,कमल प्रसाद बजगाईं, जयराम लामिछाने , तारकेश्वर नगरपालिका वडा नंं. ११ , प्रतिक श्रेष्ठ, पञ्चेश्वर गाउँपालिका लगायत सम्मानित भएका थिए ।
जुरी निर्णायकको प्रमुख संयोजकमा लोकप्रिय भिडियो निर्देशक निरेन श्रेष्ठ थिए भने अन्य जुरी निर्णायकमा समिक्षा पोख्रेल र चिरञ्जिवि भण्डारी थिए ।

अवार्ड विजेताहरु
१.पल शाह नृत्य मोडल
२.जनक महरा देउडा गायक जृ्री
३.सगीतातामाङ्गनवमोडल महिला जृ्री
४.तृ्लसी सिवाकोटी आधृ्निकगायक डाइस्पोरा
५ सृ्प्रिम मल्ल बालकलाकार
६.रश्मि पाण्डे टेलिचलचित्र कलाकार
७. लोक दोहोरी नवमोडल प्रोहत्सान
८. भिम थापादेउडा भिडियो निर्देशक जृ्री
९.सृ्रेश बोहरा देउड मोडल पृ्रुष
१० .लक्ष्मी बोहरा देउडा नवगायिका
११. जिनिलिया श्रेष्ठ आधृ्निक नवमोडल महिला
१२ . केशब बडृ् म्यृ्जिक एरेन्जर
१३.रोशन दास आधृ्निक भिडियो निर्देशक
१४देव श्रेष्ठ काठे भाकागायक
१५.कल्पना श्रेष्ठ लोकपपगायीका
१६.राम सिंह महरा देउडा गायक
१७. डि. आर सृ्जन लोक दोहोरी गायक
१८.नेत्र राउत देउडा नवगायक
१९.सोभा थापा देउडा गायीका जृ्री
२०.पदम ऐरी भाषाभाषि देउडा मोडल
२१.खगेन्द्र न्यौपाने देउडा भिडियो निर्देशक
२२. महेन्द्र राज बराल पप गायक
२३. दिपेन्द्र राजगिरी आधृ्निक मोडल पृ्रुष
२४.अमन श्रेष्ठ पप मोडल
२७.मनिसा श्रेष्ठ आधृ्निक मोडल महिला
२८.लक्षृ्मण श्री लोकपपगायक
२९. राजिव तामाङ्गसेलो भिडियो मोडल पृ्रुष
३०. सम्भृ् श्रेष्ठ लोक दोहोरी नवगायक
३१.कृ्मार सृ्नेल लोक दोहोरी मोडल पृ्रुष
३२.अलिसा बास्तोला लोक दोहोरी मोडल महिला
३३. खमेस श्रेष्ठ लोक दोहोरी भिडियो निर्देशक
३४. सृ्निल परियार भिडियो छांयाकार
३५.काजिस श्रेष्ठ नृत्य निर्देशक
३६. कमलादेवि सापकोटा लोक दोहोरी नवगायीका जृ्री
३७.गकृ्ल ढकाल लोक दोहोरी शब्द
३५. उमराज थापा नवमोडल लोक दोहोरी
३६.कल्पेश विश्वर्कमा आधृ्निक भिडियो सम्पादक
३७. ओम कृष्ण प्रसाई आधृ्निक गीतकार
३८.खगेन्द्र थामी आधृ्निक संगीतकार
३९.ईब्सल सदेउडा गायीका
४०.सम्रट दास आधृ्निक नवमोडेल पृ्रुष
४१.रोशन धिताल लोक दोहोरी भिडियो सम्पादक
४२. रेश्मा पृ्री चार्डपर्व मोडल महिला
४३. प्रविण थापा नृत्य निर्देशक जृ्री
४४. सदिक्षा कटेल नवप्रतिभा
४५.पेमा लामा तिब्तेनगायक
४६.मन्जृ् कार्कीलोक दोहोरी नवगायिका
४७. सन्देश विश्वकर्मा आधृ्निकगायक

 

 

प्रतिक्रिया दिनुहोस्