हत्या गरेको अभियोगमा पक्राउ

६ आषाढ-सिराहा, गोलबजार नगरपालिका-१० धरमपुर बस्ने ३५ वर्षीय गेनिलाल सदाको हत्या गरेको अभियोगमा उनकै मामा शिवु सदाको छोरा २८ वर्षीय संजय सदालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनीहरू बिच सामान्य वादविवाद भई कुटपिट हुँदा संजयले बाँसको लठ्ठी प्रहार गर्दा गम्भीर घाइते भएका गेनिलालको उतिम लाल अस्पताल गोलबजारमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले संजयलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्