पेस्तोलसहित एक किशोर पक्राउ

६ आषाढ -बाजुरा, बाजुरामा पेस्तोलसहित एक किशोर पक्राउ परेका छन्।

जिल्लाको त्रिवेणी नगरपालिका–८ कालापानीका १८ वर्षीय कुबेर गिरी पेस्तोलसहित पक्राउ परेका हुन्। गाउँमा झै–झगडा गर्ने र साथमा पेस्तोल समेत बोकेर समाजमा अशान्ती फैलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराले उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्