दोश्रो जय प्राप्ती म्युजिक अवार्ड असार ८ मा हुँदै

४ आषाढ-  काठमाडौं, दोश्रो जय प्राप्ती म्युजिक अवार्ड २०८१ को तयारी पुरा भएको छ । यहि आउँदो २०८१ साल असार ८ गते शनिबार नेपाल चलचित्र विकास वोर्डको हलमा उक्त अवार्ड समारोह गर्न लागिएको हो ।

गीतसंगितको संरक्षण, प्रवर्धनमा लागि परेको जयप्राप्ती म्युजिकको आयोजनामा हुन लागेको अवार्डमा देशका ख्यातिप्राप्त कलाकारहरु, हाँस्यकलाकार, अग्रजदेखि अनुजसम्मका कलाकारहरुको वेजोड प्रस्तुती रहने अवार्डका अध्यक्ष तथा लोकप्रिय गायक जयराज भट्टले जानकारी दिए । कार्यक्रममा अग्रज देखि अनुजसम्मका कलाकार,समाजसेवी,सञ्चारकर्मी समेत सम्मानित हुँदै छन ।

२०७३ सालमा स्थापित जय प्राप्ती म्युजिक मार्फत गीतसंगित सार्वजनिक तथा विविध कार्यक्रमहरु सम्पन्न भएका छन । यो भन्दा अघिल्लो पटकको प्रथम जय प्राप्ती म्युजिक अवार्ड भव्य रुपमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्