पेट्रोलियम पदार्थको ढुवानी रोकेको संघले ४ बुँदे सहमति गर्यो

३ असार- काठमाडौं, ७ बुँदे माग राखेर आज पेट्रोलियम पदार्थको ढुवानी रोकेको संघले नेपाल आयल निगमर उद्योग मन्त्रालय सँग चार बुँदे सहमति गरेको छ । सरकारले गरेको वार्तामा सहमति भएसँगै ढुवानी बन्द खुल्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूति सचिव दिनेशकुमार घिमिरेको अध्यक्षतामा उक्त सहमति भएको हो ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघ र बागमती पेट्रोलियम डिलर्स एशोसियसनले निगममा पेश गरेको ७ बुँदे मागहरुमा ४ मागमा सहमति भएको हो ।

तेस्मा पहिलोः नेपाल पेट्रोलियम ट्यांकर चालक संघको ७ बुँदे माग लगायत यस क्षेत्रमा देखा परेका समस्याहरुको समाधान गर्ने गरी १५ दिन भित्र प्रतिवेदन पेश गर्न निगमका नायव कार्यकारी निर्देशक  को संयोजकत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि तथा नेपाल पेट्रोलियम ट्यांकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका प्रतिनिधित्व हुने गरी एक उपसमिति गठन गर्ने ।

दोस्रोः नेपाल आयल निगमले व्यवसायीहरुलाई दिई आए बमोजिमको पारिश्रमिक र सुविधा ट्यांकर चालकरसहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकहरुलाई उपलब्ध गराउने व्यवसायीले प्रतिबद्धता व्यक्त गर्ने ।

तेस्रोःआजै मिति २०८१/०३/०३ देखि ट्यांकर चालक संघले आफ्नो सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता गरी उपभोक्ताको हितलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको ढुवानी कार्य गर्ने सहमति भयो ।

र चौथोः विद्यमान कानूनी व्यवस्थाहरुको पालना सम्बन्धमा नियमित रुपमा प्रभावकारी अनुगमन गर्ने, कुराहरुमा सहमति गरिएको छ

 

 

प्रतिक्रिया दिनुहोस्