शिक्षिकाद्धारा एक पुरुषको हत्या, शव खोल्सामा भेटियो

३ असार- बैतडी,  बैतडीमा एक जना पुरुषको हत्या गरेको शिक्षिकाले स्विकार गरेकी छन्।

एकल महिला समेत रहेकी उनको बयानपछि प्रहरी टोली शव व्यवस्थापन गर्ने ती अटो चालकको खोजीमा लागेको हो। शव भने नजिकैको खोल्सामा फेला परेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। हत्या गरिएका भनिएका विष्टको शव फेला परेको छ। विष्ट शनिबारदेखि परिवारको सम्पर्कमा थिइनन्। स्थानीयका अनुसार भागरथीले असार १ गते आफ्नै घरमा विरभानको हत्या गरेकी थिइन्।

हत्यापछि आइतबार मध्यरातसम्म आफ्नै घरभित्र लाश लुकाएकी थिइन्। उनले आइतबारराति मात्रै शव व्यवस्थापनका लागि घरबाट निकालेको खुलेको छ। तर, सोमबार स्थानीयले पक्राउ परेकी भागरथीको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म घिसारेर लगिएको छाप देखेका थिए। त्यहाँ रगतसमेत देखिएकाले स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले भागरथीलाई पक्राउ गरेको हो।

हत्याको कारण भने अझै खुलेको छैन। तर, भागरथी र हत्या गरिएका पुरुषको चिनजान पुरानै रहेको खुलेको छ। स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय पाटन घेराउ गरेको छन्। प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार ती पुरुषको हत्यामा अन्य दुई जना सहयोग भएको समेत पाइएको छ।

ती सयोगीहरु बैतडीबाट धनगढी जान लागेको सूचना प्राप्त भएपछि १२५३ को बसमा बसेका उनीहरुलाई पक्राउ गर्न डडेल्धुरा प्रहरीलाई खबर गरेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए। ‘भागरथीले ती पुरुषको हत्या गरिसकेपछि लाश व्यवस्थापन गर्न आफ्ना सहयोगीलाई २०÷३० हजार रुपैयाँ दिएको भन्ने छ तर ती व्यक्तिहरु फेला परेका छैनन्। उनीहरु मेलौलीबाट धनगढी जाने बसमा चढेपछि पक्राउ गर्न सम्वन्धित प्रहरीलाई जानकारी गराइसकिएको छ।

प्रतिक्रिया दिनुहोस्