एक महिला चितुवाको आक्रमणबाट घाइते

१ आषाढ- बैतडी, बैतडीमा एक महिला चितुवाको आक्रमणबाट घाइते भएकी छन्।

घाइते महिलालाई रेबिजविरुद्धको खोप लगाएको र अवस्था खतरामुक्त रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताए। शुक्रवार दिउँसो गाउँकै विशालपुर सहकारीमा बचत गर्न जाँदा बाटोमा ढुकेर बसेको चितुवाले उनीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्